![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
योगेश भट्टराईले राखे कम्युनिष्टहरु एक हुन पर्ने धारणा
काठमाडौं पुष १५ गते । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादको लागि कम्युनिष्ट पार्टी मिल्नुको विकल्प नभएको बताएका छन् । सहिद हरि नेपाल र चन्द्र पुरीको ४२औं स्मृति सभामा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन विभाजनको दुखद अवस्थामा रहेको बताउदै कम्युनिष्ट फुटले पूर्जिवादी प्रतिक्रियाबादी तथा नेपालमा अस्थिरता चाहने शत्तिलाई बल मिलेको बताए ।
सचिव भट्टराईले नेपालमा जनबादी क्रान्तिलाई पूर्णता दिदै समाजवादी क्रान्तिका कार्यदिशामा अघि बढ्नका लागि फरक फरक ठाँउमा रहेका कम्युनिष्टहरु एक हुन पर्ने धारणारा राखे । ब्यक्तिगत कुठा त्यागेर १० बटा पार्टी नबनाई एउटै कम्युनिष्ट पार्टी हनुपर्ने बताए । उनले नेपालमा सवै कम्युनिष्टहरु मदन भण्डारी अवलम्बन गरेको शान्तिपूर्ण बाटोमा रहेको बताउदै सवै सहिदको सपना पुरा गर्नका लागि कम्युनिष्टहरु निर्मताका साथ आत्माआलोचना गरेर एक हुनुपर्ने बताए ।
झापा आन्दोलनको नेता राधाकृष्ण मैनाली कम्युनिस्ट आन्दोलनको संकटमा रहेको बताउदै दुई तिहाइ सरकार जोगाउन नसकेर ठूलो भुल भएको बताउदै नेताहरु बदलिएमा मात्र सहिदको सपना साकार हुने धारणा राखे । कार्यक्रममा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले पटक पटक कम्युनिष्ट पार्टीमा नेतृत्वले गलत गर्दा विद्रोहको बाटो समाउनु परेको बताउदै सहिदको सपना पुरा गर्न ईमानदार कम्युनिस्ट भएर बाँच्न सवैमा आग्रह गरे ।