युवा नेता आलोक रायमाझी काठमाडौँ–९ बाट उम्मेदवार सिफारिस
१२ पुष, काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीले युवा नेता आलोक रायमाझीलाई काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीको सम्बन्धित जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रायमाझीलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको हो। बौद्धिक रूपमा प्रखर, दार्शनिक चेतनाले समृद्ध र बेदाग छविका नेताका रूपमा परिचित ४० वर्ष मुनिका रायमाझीलाई सिफारिस गरिएसँगै काठमाडौँ–९ मा राजनीतिक चासो थप बढेको छ।
पार्टीभित्र युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने नेताका रूपमा हेरिएका रायमाझीले वैचारिक स्पष्टता, संगठनप्रतिको प्रतिबद्धता र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। उनको उम्मेदवारी सिफारिसलाई काठमाडौँ–९ मा राजनीतिक समीकरण परिवर्तन गर्ने सम्भावनाका रूपमा विश्लेषण गर्न थालिएको छ।
पार्टी नेतृत्वले रायमाझीको उम्मेदवारीले युवाहरूमा उत्साह थप्ने र वैचारिक राजनीतिलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

