![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
यसो भने मन्त्री चौधरीले ओलीको गृहनगर पुगेर
काठमाडौँ १४ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्रको दुश्मन भएको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्यसमेत रहेका चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न बनाउनुपरेको बताए।
दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने दाबी गरेका हुन्। उनले केपी ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र होइन लोकतन्त्र नै धरापमा पर्ने दाबी गरे।
दुईतिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेको आरोप लगाउँदै उनले यसैकारण आफूहरूले विद्रोह गर्नुपरेको जिकिर गरे।
दमकमा निर्माणाधीन दमक भ्यु टावरलाई स्थानीय जनताको आवाजलाई समेत बुझ्दै बिजनेस कम्प्लेक्सका रूपमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धितओलीको गृहनगर पुगेर मन्त्री चौधरीले भने– एमालेले चुनाव जिते लोकतन्त्र धरापमा पर्छ ।