
यथास्थितिमा एमसीसी पारित हुन्छकी हुँदैन् ? यसो भन्छन् झलनाथ खनाल
काठमाडौं, १८ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग सम्झौता एमसीसी यथास्थितिमा पास नहुने बताएका छन । आज एक अनलाइन संग कुरा गदै उनले यस्तो बताएका हुन । एमसीसी सम्झौतासम्बन्धी कतिपय महत्वपूर्ण दस्तावेजहरु भर्खरै हात परेको र अध्ययन भैरहेकोले अहिले हतार नगरिने उनको भनाई छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी तत्काल पास गराउने कुरा गरेको उनले बताए । उनले तत्काल एमसीसी पारित नहुने र यसबारेमा गठबन्धनमा छलफल भैरहेकोले एउटा निश्कर्षमा पुगिने बताए ।
उनले पाँच दलीय गठबन्धनको सहमतिमै स्थानीय तहको निर्वाचनको मिति सिफारिश गरिएको बताए । उनले भने,‘स्थानीय तहको निर्वाचनको मिति सिफारिशमा हाम्रो सहमति छ, गठबन्धनमा भएको सहमति अनुसार नै मिति सिफारिश भएको छ । यो सकारात्मक कुरा हो । मैले त प्रधानमन्त्रीजीलाई जेठ ६ गते नै निर्वाचन गराउँदा राम्रो हुन्छ भनेको थिएँ, जे भएपनि स्थानीय तहको निर्वाचनबारे गवठबन्धनमा राम्रो समझदारी छ ।’ उनले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एकसाथ जाने सुनाए । चुनावसम्मै गठबन्धन कायम रहने कुरामा कुनै शंका नगर्न खनालको आग्रह थियो ।