

मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महामन्त्रीद्वय विश्वप्रकाश र गगनले जारी गरे कडा विज्ञप्ति
काठमाडौं ३० पुष । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले एक विज्ञप्ति नै जारी गरेर अतिक्रमित भूभाग लिपूलेकमा भारतले सडक निर्माण जारी राखेकोे प्रति गम्भिर आपत्ति जनाएका छन् ।
महामन्त्रीद्वय शर्मा र थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
बिज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले यसका सम्बन्धमा नेपाली काँग्रेसले विगत देखि नै संस्थागत रुपले आफ्नो धारणा सार्वजनिक गर्दै आएको उल्लेख गरिएको छ ।
विगतको अभिव्यक्ति, अडान र धारणामा नेपाली काँग्रेको प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि कालापानी, लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण जारी रहेको बताएका थिए ।