मुलुकलाई बचाएर समृद्ध बनाउने साझा राष्ट्रिय योजना आवश्यकः अध्यक्ष निरौला

0
1

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका राष्ट्रिय अध्यक्ष गोविन्द निरौलाले मुलुकलाई बचाएर समृद्ध बनाउने साझा राष्ट्रिय योजना आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले वर्तमान राजनीतिक विभाजन र शक्ति संघर्षभन्दा माथि उठेर राष्ट्रिय एकताको आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।

निरौलाले देशको दीर्घकालीन हितका लागि प्रमुख राजनीतिक शक्ति, संवैधानिक निकाय तथा सुरक्षा निकायबीच सहकार्य अनिवार्य रहेको उल्लेख गरेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह, नेपाली कांग्रेसका  नेता शेरबहादुर देउवा,  सभापति  गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेतृ विद्यादेवी भण्डारी,    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,   माधव नेपाल, नेपाली सेना, नेपाल प्रहरी, राज्यको मुख्य प्रशासन संयन्त्र तथा आफ्नै दल नेपाल समाजवादी कांग्रेसबीच सहकार्य र समझदारी बिना मुलुकले निकास नपाउने दाबी गरेका छन्। साथै, उनले उपेन्द्र यादवसहितका मधेसवादी दलहरूलाई पनि राष्ट्रिय सहकार्यमा महत्वका साथ समेट्नुपर्ने बताएका छन्।

आर्थिक समृद्धिको आधार उद्योग, उत्पादन र अन्तर्राष्ट्रिय स्तरको बजार विस्तार भएको उल्लेख गर्दै निरौलाले नेपालले प्राकृतिक स्रोत र खनिज सम्पदाको व्यवस्थित उपयोग गर्नुपर्ने बताएका छन्। उनका अनुसार तेल, ग्यास, फलाम र बिजुली मात्र होइन, सुन, रत्न तथा युरेनियमजस्ता खनिज वस्तुको उत्पादन र प्रशोधनतर्फ पनि ध्यान दिन आवश्यक छ। उत्पादन वृद्धि र निर्यात विस्तारबिना समृद्धि सम्भव नहुने उनको भनाइ छ।

उनले आगामी पाँच वर्षसम्म संसदमा केपी शर्मा ओलीजस्ता नेताको उपस्थिति र राज्यको केन्द्रीय नेतृत्वमा शेरबहादुर देउवाजस्ता अनुभवी नेताको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। अनुभव र स्थायित्वले मात्र देशलाई दीर्घकालीन दिशामा अघि बढाउन सक्ने उनको तर्क छ।

यसैगरी, निरौलाले भ्रष्टाचारमुक्त प्रशासनसँगै राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। उनले राजसंस्था र हिन्दुराज्य पुनःस्थापनाको विषयलाई पनि राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने धारणा राखेका छन्।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here