मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ?

 

 

काठमाडौं पुस ९ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज, शुक्रबार चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बागमती प्रदेश सरकारका एक मन्त्रीले आज अन्तिमपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको जानकारी दिए।

‘आज मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। यो अन्तिम विस्तार हो’, उनले भने, ‘सत्ता गठबन्धनमा रहेको कांग्रेसको भागमा परेको मन्त्रालयमा नियुक्ति हुन्छ।’

बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ पुर्‍याएको थियो। यसअघि ११ मन्त्री र १ राज्य मन्त्री नियुक्त भइसकेका छन्। आज ३ जना मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको अन्तिम तयारी रहेको छ। भागबण्डाका लागि नै मन्त्रालय विभाजन गरिएको भन्दै चौतर्फी बागमती प्रदेश सरकारको आलोचना भइरहेको छ।

हामीले यसअघि नै १४ मन्त्रालय बनाउने निर्णय गरिसकेका छौं’, सरकारका ती मन्त्रीले भने, ‘सोही अनुसार आज विस्तार हुन लागेको हो।’

नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र यसअघि नै सहभागी भइसकेको छ भने कांग्रेसबाट भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्री नियुक्त भइसकेका छन्।

कांग्रेसबाट राधा घले, बलराम सुवेदी, दीपेन्द्र श्रेष्ठ, सन्त चेपाङ र रजनी जोन्छेको नाम मन्त्री बन्ने चर्चामा छ। स्रोतका अनुसार चेपाङ र जोन्छेलाई राज्यमन्त्री बनाउने तयारी छ।

कांग्रेसले अब हुने मन्त्रिपरिषद् विस्तारमा उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति तथा पर्यटन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 10 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 11 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 11 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 14 views