काठमाडौं २५ मंसिर । नेकपा एमालेकी नव निर्वाचित केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मञ्जु चौधरीले एमाले छोडेर केहि नेता कार्यकर्तामात्र माधव नेपालसँग गएकोले एमाललेलाई चुनावमा खासै असर नपर्ने बताइकी छन् ।
पदको लागि मरिमेट्ने केहि नेता कार्यकर्ताहरु माधव नेपालको पछि लागे पनि जनमत एमालेकै पक्ष रहेको उनले बताइन । आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न नसक्ने उनको दावी छ ।
रामकुमारी झाक्रीहरुले चर्को भाषण गर्दैमा संगठन विस्तार नहुने भन्दै एमालेको जस्तो संगठन भएको पार्टी अरु नभएको उनले बताइन । उनले भनिन, ‘ओली जतिको अडान भएको राजनेता संसारमै छैन । माधव नेपालले पदको लागि पार्टी फुटाएका हुन् । माधव नेपालको अबैध पार्टी कम्युनिस्ट आन्दोलन कै कंलक हो ’ माधव नेपालसँग जाने सम्पूर्ण नेता तथा कार्यकता हरूलाई एमालेमा आएर राजनीति भविष्य सुनिश्चित गर्न उनको अपील छ ।