![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश
रौतहट २३ चैत । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहनगरमा समाजवादी परित्याग गरि नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् ।
गौरस्थित एमाले पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच रामजी साहसहित नव प्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका र माला लगाई पार्टी प्रवेश गराएका थिए । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गराउँदै आयोगका सदस्य यादवले देशमा पाँच दलीय गठबन्धनले एमाले विरुद्ध जति जालझेल गरेपनि दिनदिनै गठबन्धन त्यागेर एमाले प्रवेशको संख्या बढ्दै गएको बताए ।