![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
माधव कुमार नेपाल र चिनियाँ नेताबीच छलफल
काठमाडौँ १२ फाल्गुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउबीच भर्चुअल छलफल भएको छ ।
छलफलमा उपमन्त्री चेनले नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो रोज्न चिनियाँ पक्षले सहयोग गरिरहने बताएको विभागले जानकारी दिएको छ । उनीहरूबीच दुवै देश र दुवै कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा परस्पर सहयोगका विषयमा पनि छलफल भएको छ ।
छलफलमा अध्यक्ष नेपालले दुई पक्षीय अनुभव आदानप्रदान तथा दुवै कम्युनिष्ट पार्टीसँग सहकार्य गर्न चाहेको बताएका थिए ।