
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने
काठमाडौं पुस ११ । नेकपा (माओवादी) केन्द्र को केन्द्रीय समिति बैठक सुरु भएको छ । आजदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलन अघि केन्द्रीय समिति बैठक सुरु भएको हो । पेरिस डाँडामा जारी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निर्णयलाई अनुमोदन गर्नेछ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।