
महन्थ ठाकुरसहितका शीर्ष नेताहरु प्रधानमन्त्री देउवासंग वार्ता गर्न बालुवाटार
काठमाण्डौं १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासंग वार्ता गर्न बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु भर्खरै बालुवाटार छिरेका छन् ।
पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ । तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् ।
आज दिउँसो बसेको लोसपाको कार्यकारिणी समिति बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । बैठकमा ९ जना कार्यकारिणी समिति सदस्यले सरकारमा सहभागी हुने र कांग्रेससँग तालमेल गर्ने विषयमा आफ्नो धारणा राखेको बताइएको छ ।
स्रोतका अनुसार अहिले प्रधानमन्त्री देउवाले आफूसँग राखेको दुई मन्त्रालय लिएर एक दुई दिनमै महन्थहरु सिंहदरबार छिर्ने तयारीका साथ वार्ता बाक्लिएको हो ।जन आस्थाबाट