![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
मन्त्रिमण्डल विस्तार
इटहरी । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गर्दै १४ सदस्यीय बनाएका छन्। आइतबार आठ जना मन्त्री नियुक्त भएपछि प्रदेश १ मा अब १३ मन्त्री र एक राज्यमन्त्री रहेका छन्।
यसअघि १२ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेको सरकारले भागवण्डा नमिलेपछि दुई मन्त्रालय थप गरेको हो।
आज मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादीबाट तीन र माओवादी केन्द्रबाट दुई जना थप भएका छन्। कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङगाम मन्त्री नियुक्त भएका छन्।
थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङगामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन्। राई सामाजिक विकासमन्त्री बनेका छन्।
यसअघि सामाजिक विकासमन्त्री रहेका जयराम यादव स्वास्थ्यमन्त्री बनेका छन्। लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन्। घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश नं १ का प्रमुख परर्शुराम खापुङले मन्त्रीको शपथ ग्रहण गराएका छन्।