मध्यराति खसेको पहिरोमा परि ३ जना वेपत्ता, खोजीकार्य जारी

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन ।

पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका छन् भने मगरलाई भने तत्काल प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखि नै भएको तर बेपत्ताहरुलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ। बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको छ ।

यस अघि ताप्लेजुङ्गमा पहिरोले पुरेर एकै घरका दुई जनाको मृत्यु भएको थियो ।

source:News of Nepal

  • Related Posts

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    ७ पुष ,काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । आइतबार (६ पुष ) सिंहदरबारमा बसेको अर्थ…

    Read more

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    You Missed

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 6 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार