
मधेसकेन्द्रित आठ दलको बैठक बस्दै
१७ माघ, काठमाडौं । मधेसकेन्द्रित आठ दलको बैठक सिंहदरबारमा बस्दैछ । आज दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक बस्ने एक नेताले जानकारी दिनु भयो ।
मोर्चा बनाउने तयारीस्वरुप बैठक बस्न लागेको हो । बैठकमा जसपा, जनमत, जसपा नेपाल , नागरिक उन्मुक्ति , लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपाका नेताहरु सहभागी हुनेछन् ।