![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
मधेश प्रदेशका मुख्यमन्त्री राउत फेरि प्रदेशमै सिफारिश
वीरगञ्ज, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई फेरि प्रदेशमै उम्मेदवार सिफारिश गरेको छ।
जसपाको क्षेत्रीय समितिले राउतलाई पर्सा क्षेत्र नं। १ (ख) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिश गरेको हो। गत निर्वाचनमा पनि उनी यहि क्षेत्रबाट निर्वाचित भएका थिए।
आसन्न प्रदेश सभा निर्वाचनका लागि मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा सिफारिश गरिएको जसपा पर्साका सचिव तबरेज आलमले बताए।