मताधिकार प्रयोग गर्न प्रधानमन्त्री सुशीला कार्कीको आग्रह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरूलाई आग्रह गरेकी छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरूलाई मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सन्देश जारी गर्दै भनेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१। अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।”
उनले मतदाताको प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन मतदाताहरूले देखाएको संयम, धैर्यता र समझदारीप्रति आभार व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन सबैलाई जिम्मेवार ढंगले मतदानमा सहभागी हुन आग्रह गरेकी छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.