भ्रष्ट उम्मेदवारलाई गोप्य मतदानमार्फत परास्त गर्न वरिष्ठ पत्रकार घिमिरेको आग्रह

0
1

काठमाडौँ । वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरे ले आसन्न आम निर्वाचनलाई लक्षित गर्दै भ्रष्ट र आपराधिक पृष्ठभूमिका उम्मेदवारहरूलाई मतदानमार्फत अस्वीकार गर्न आह्वान गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक धारणा व्यक्त गर्दै घिमिरेले गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई चुनावमा पराजित गर्न नसकिए आगामी निर्वाचन मुलुकका लागि केवल भार बन्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, “गुण्डा र भ्रष्टलाई छानीछानी चुनाव हराउन सकिएन भने आसन्न आम निर्वाचन मुलुकका लागि केवल भार मात्रै बन्ने निश्चित छ।”

आफू आबद्ध दलको टिकट कुनै भ्रष्ट व्यक्तिले हात पारेको अवस्थामा समेत मतदाताले विवेक प्रयोग गर्नुपर्ने उनको भनाइ छ। “आफू आवद्ध पार्टीको टिकट कुनै भ्रष्टाचारीले हत्याएको छ भने गोप्य मतदानद्वारा स्याक गरिदिउँ। गोप्य मतदानको व्यवस्था यसैका लागि हो,” उनले उल्लेख गरेका छन्।

घिमिरेले भ्रष्टाचारबारे जान्दाजान्दै पनि पार्टीगत आस्थाका नाममा मतदान गर्ने प्रवृत्तिको आलोचना गरेका छन्। उनका अनुसार यस्ता प्रवृत्तिले समाज र लोकतन्त्र दुवै कमजोर बनाउँछ। उनले मतदातालाई नैतिक साहस देखाउन आग्रह गर्दै सामाजिक जवाफदेहितालाई बलियो बनाउनुपर्ने धारणा राखेका छन्।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here