
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन शिवनगर गा.वि.स.वडा नं.८ स्थायी घर भई हाल काठमाडौं का.म.न.पा.- २ बस्ने ४१ बर्षीया बबिता पन्त पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७१-१०-२९ को फैसलाले वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १ महिना कैद र दश लाख रुपैंया जरिवाना भई फरार रहेकी उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो।
पन्तले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ श्रोत,साधन र सम्पतिको दुरुपयोग गरेको अदालतले फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
source:News of Nepal