
बेलायतको राजमुकुट गोर्खाले बचाइदिए, नेपालको राजमुकुट जोगाउन सकेनौं !
बिष्णु प्रसाद शर्मा,
गोर्खाज वा गोर्खाली भनिनुमा अठारौं शताब्दीको गोरखाराज्य संग गहिरो साइनो गाँसिएको छ । अबको बिश्वयुद्ध नेपालबाट नै सुरु हुने अबस्था प्रष्ट देखिएको छ ।
पहिलो बिश्वयुद्धः सन् १९१४- १९१८ सम्ममा ९० हजार भन्दा बढीको संख्यामा गोर्खालीले ब्रिटिस राजमुकुट रक्षाको लडाई गरे । बीस हजार बढी मारिए । कैयौं घाइते भए । गोर्खाहरुको बहादुरी बारे गोर्खा रेजिमेन्ट अधिकृत राल्फ टर्वरले भनेका थिए, बहादुको पनि बहादुर, उदारको पनि उदार । आज तीनैको देश नेपालको हविगत यस्तो उनै पश्चिमाहरुले गराएका छन ।
दोस्रो बिश्वयुद्धः सन् १९३९- १९४५ मा ४० बटालिनका १ लाख ३७ हजार गोर्खालीले ब्रिटिसको तर्फवाट अफ्रिका, इटाली, सिंगापुर, बर्मा आदी ठाउँबाट लडाई गरेका थिए । यो युद्धमा ३० हजार गोर्खाली मारिए । यो युद्धमा ९ जना गोर्खालीहरु भिक्टोरीया क्रस प्रदान गरी शुशोभित गरिएको थियो । आज नेपालको कुल धर्म मास्न यी नै मुलुकहरु खुलेर लागी परेका थिए ।
गोर्खाका भागबण्डाः सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भए पछि ब्रिटिस , भारत र नेपाल बीच दश गोर्खा रेजिमेन्ट मध्ये ६ वटा भारतीय सेनामा रहने र ४ वटा ब्रिटिस सेनामा जाने गरी सम्झौता भएको थियो । ब्रिटेन पठाइएकामा दोस्रो, छैटौं, सातौं र दशौं गोर्खा राइफल्स थिए । गोर्खाका राजा श्री ५ पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे पछि गोर्खाली भनी चिनिएका नेपाली ब्रिटिस सेनामा गोर्खाज् नामले प्रख्यात बन्न पुगे र निम्न ब्यक्तिहरु भिक्टोरिया क्रस पदकले शुशोभित हुनु भएको थियो । १. कुलवीर थापा, मगर १९१५, २. करण बहादुर रानामगर १९१८, ३. लाल बहादुर थापा मगर १९४३, ४. राजेन्द्र घले १९४३, ५. थमन गुरुङ्ग, १९४४, ६. नेत्र बहादुर थापा मगर, १९४४, ७. अगम सिङ्ग राई, १९४४, ८. तुल बहादुर थापा मगर, १९४४, ९. गन्जु लामा १९४४, १०. लछीमन गुरुङ्ग, १९४५, ११. भानुभक्त गुरुङ्ग,१९४५ र १२. राम बहादुर लिम्बु १९६५ इण्डोनेसीयामा मलेसीया बाट यसरी नेपाली गोर्खाज्हरुलाई शुशोभित गरेको थियो भने आज नेपाली दलियताले गर्दा नेपालको भू भागबाटै बिश्वयुद्धको बिगुल बज्ने अबस्थाको सिर्जना हुनुलाई मित्र राष्ट्रहरुको हरकत र संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र नेपालको हुर्मत लिने काम भएको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुन ।