

बिश्वले थाहा पाएको थियो, बीर नेपालीको पराक्रम
बिष्णु प्रसाद शर्मा,
नेपाल देश सुन्दर छ । नेपाली जनता बहादुर छन् र नेपाली भूमि भित्रको गर्भमा इश्वरीय शक्ति रहेको छ र नै सुरक्षित रहेको थियो । संघर्ष र भर्ती जारीः भू पू गोर्खाजहरुको लामो संघर्ष पछि सन् २००७ मा गोर्खाहरुले ब्रिटिस सेनाका बेलायती सरह समान पेन्सन पाउने अधिकार पाए । सन् २००९ मा बेलायतमा स्थायी बसोवासको अधिकार पाए । यता सन् २०१९ मा ३० बर्ष यताकै सब भन्दा धेरै ५ सय ८० नेपाली ब्रिटिस सेनामा भर्ती भएका छन । तर नेपालको भूमिप्रति पश्चिमाहरु –याल काढेर बसेका छन र दलीयतालाई हतियार बनाउँदै आएका छन् ।
मलयाको लडाईः गोर्खालीले मलेसिया र सिंगापुरमा कम्युनिष्टहरुलाई दवाउन बाह्र बर्ष १९४८ देखि १९६० सम्म लडाइँ गरे । यो युद्धमा मलेयन कम्युनिष्ट पार्टीका सैन्य गुरिल्ला बिरुद्ध थियो । जसमा ब्रिटिसको जित भयो । यस युद्धमा १० हजारको ज्यान गयो भने २ सय ४ गोर्खाली मारिएका थिए । आज नेपालमा दलिय औजारले कम्युनिष्टहरुको सहायताले पश्चिमाहरु धर्म, संस्कृति र राजसंस्था फाल्न हरतरहले लागी परेका थिए ।
गोर्खा कन्टिन्जेन्ट सिंगापुरः सिंगापुर पुलिस फोर्सको अंगको रुपमा भू पू गोर्खा लिएर सन् १९४९ मा गोर्खा कन्टिन्जेन्ट बनेको हो । सिंगापुरमायसलाई ठूला घटना र हाइ प्रोफाइलको सुरक्षामा परिचालन गरिन्छ । सन् २०१८ मा ट्रम्प किम भेटमा कन्टिन्जेन्टलाई परिचालन गरिएको थियो । नेपाली सेना नेपालको आजको अबस्थालाई ब्यापार गरेर हेरिबसेको छ ।
बोर्नियाको लडाइँः सन् १९६५ मा बोर्नियाको सरावक सीमा क्षेत्रको घना जंगलमा ब्रिटिस गोर्खा र इण्डोनिसियन सेना बीच लडाइँ भयो यस लडाइँमा ३ ब्रिटिस र २४ इण्डोनेसियन पक्षका मारिए । लडाइँमा ब्रिटिसको जित भयो । राम बहादुर लिम्बूले यसै लडाईमा भिसी पाएका थिए । आजको नेपालको अबस्था यसरी बिग्रनुमा नेपालका दलहरुको भूमिका लाई पश्चिमाहरुले लगानी गरेर उक्साएकै कारणले हो र ती बीर गोर्खालीको अपमान गराइएको छ । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।