![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल
१३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकारिता अरू भन्दा विशिष्ट भएको र स्वास्थ्य क्षेत्र सुधारका लागि समेत महत्त्वपूर्ण हुने भन्दै मञ्चलाई अझ फराकिलो र विस्तार गर्नु पर्ने बताउनु भएको छ । शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मन्त्री पौडेलले पत्रकार मञ्च नेपालसँग सहकार्य गरी अघि बढ्न चाहेको समेत बताउनु भयो ।
स्वास्थ्य सूचना, जानकारी सँगै सचेतनाका कुरामा स्वास्थ्य पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै दक्षता अभिवृद्धिका लागि मञ्चसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।
सो अवसरमा बोल्दै मन्त्री पौडेलले अब निरोधात्मक प्रणाली आवश्यक रहेको भन्दै अब यस्ता खालका छुट्टै अस्पताल स्थापना गरी अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले स्वास्थ्य बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने भन्दै त्यसलाई व्यवस्थित गर्ने कार्यमा आफू लागेको बताउनु भयो ।