बिमलेन्द्र निधिमाथि आक्रमणको प्रयास निन्दनीय : युवा नेता रबिन्स शर्मा

0
26

 

२२   पुस काठमाडौं । मधेस आन्दोलनपछि देशभर नेपाली कांग्रेसको राजनीतिक अवस्था खुम्चिँदै गएको सन्दर्भमा कांग्रेसलाई मधेससँग जोड्ने गान्धीवादी मधेसी नेता बिमलेन्द्र निधिमाथि भएको आक्रमणको प्रयास अत्यन्तै निन्दनीय भएको भन्दै युवा नेता रबिन्स शर्माले कडा आपत्ति जनाएका छन्।

नेपाली कांग्रेसका युवा नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बिमलेन्द्र निधिमाथि गरिएको आक्रमण केवल एक व्यक्तिमाथिको हमला मात्र नभई सिङ्गो लोकतन्त्रप्रेमी कांग्रेस कार्यकर्तामाथिको आक्रमण भएको बताएका छन्। उनले कांग्रेसलाई मधेससँग ऐतिहासिक रूपमा जोड्ने नेतामाथि यसरी आक्रमणको प्रयास हुनु लोकतान्त्रिक मूल्य मान्यतामाथिको ठाडो चुनौती भएको उल्लेख गरेका छन्।

शर्माले लेखेका छन्, “मधेस आन्दोलनले देशभर कांग्रेस खुम्चिँदै गएको अवस्थामा कांग्रेसलाई मधेससँग जोड्ने गान्धीवादी मधेसी नेतामाथि आक्रमणको प्रयास निन्दनीय छ। बिमलेन्द्र निधिमाथिको आक्रमण सिङ्गो लोकतन्त्रप्रेमी कांग्रेस साथीहरूमाथिको आक्रमण हो।”

उनले यस्ता घटनाले लोकतन्त्र, सहिष्णुता र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाउने भन्दै दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै कांग्रेसका नेता–कार्यकर्तालाई एकताबद्ध भएर लोकतन्त्र र संविधानको रक्षा गर्न आह्वानसमेत गरेका छन्।

बिमलेन्द्र निधि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मधेस–पहाड सम्बन्ध सुदृढ गर्न निरन्तर भूमिका खेल्दै आएका गान्धीवादी चिन्तनका नेता मानिन्छन्। उनीमाथि भएको आक्रमण प्रयासप्रति विभिन्न कांग्रेस नेता तथा लोकतन्त्र पक्षधरहरूले पनि आक्रोश व्यक्त गरिरहेका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here