![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
बालुवाटारको सुनौलो परिवार भवनमा आगलागी
काठमाडौं ।
काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारस्थित आज बिहान करिब ६ बजे सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ । सुनौलो परिवार कार्यालयको भवनमा लागेको आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर सडकमै रहेका प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण र त्यसले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी छ ।
source:News of Nepal