
बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार
काठमाडौं १२ फागुन। अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौताविरुद्ध विरोध प्रदर्शन चर्किएसँगै बिहीबार प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ ।
प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडिसकेका छन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा राखेका ब्यारिकेड र काँडेतार सारेका छन् ।