
बाँदर आतंकले देशभरि ठूलै आतंक सिर्जना गरेको छ: रामहरी खतिवडा
२८, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सांसद रामहरि खतिवडाले बादर आतंकले देशभरि दुःख दिएको कुरा संसदमा उठाउनु भएको छ ।
काठमाडौंमा सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले बाँदरलाई हानिकारक जन्तु घोषणा गरेर चीनमा बिक्री गर्नुपर्ने बताउनु भयाे। श्रीलंकाले बाँदरलाई चीनमा बिक्री गरेर राजस्व वृद्धि गरेको उहांले बताउनुभयो ।
उहांले भन्नु भयो, ‘बाँदर आतंकले देशभरि ठूलै आतंक सिर्जना गरेको छ । मैले पहिला पनि कुरा उठाएको थिएँ । श्रीलंकाले चाइनालाई बाँदर बेचेर राजस्व पनि लिने, बाँदर पनि बेच्ने, हानिकारक जन्त पनि पठाउने काम गरेको छ ।’
‘हाम्रा नेपालका बाँदर पनि हानिकारक जन्तु घोषणा गरेसँग चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन यसतिर के पहल भइरहेको छ पहाडी क्षेत्रमा मानिसहरू बस्न नसक्ने भए, बाँकदर आतंकले’, उहांले भन्नु भयो, ‘तराईतिर हात्ति, कतै बन्यजन्तुको आक्रमणबाट मान्छे मरेको मरै छन् ।’