

फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा दायर
फ्लोरिडाले बाइडेन प्रशासनलाई आप्रवासन नीतिमा मुद्दा हालेको छ । फ्लोरिडाले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उनको आप्रवासन नीति अवैध रहेको समेत दाबी गरेको छ ।
उनले राज्यमा गैरकानुनी आप्रवासीहरुको स्थानान्तरणलाई सहयोग गर्न राज्य एजेन्सीहरुलाई रोक लगाउने आदेशमा हस्ताक्षर गरेका छन् भनि एबिसीन्युजले समाचार लेखेको छ ।
गभर्नरको आदेशले फ्लोरिडा कानून प्रवर्तन विभाग र फ्लोरिडा राजमार्ग गश्तीलाई “फ्लोरिडा राज्य भित्र कुनै पनि विमान,यात्रीयान (बस), वा अन्य सवारीलाई दक्षिण पश्चिम सीमाबाट फ्लोरिडामा अवैध बिदेशीहरु ढुवानी गरिएको विश्वास लागेमा थुन्न आदेश दिएका छन् ।
उनले संस्था (एजेन्सी)हरुलाई मेक्सिको सीमाबाट फ्लोरिडामा अवैध रूपबाट आउने कुनै आप्रवासीहरुको पहिचानमा जानकारी संकलन गर्न आदेश दिएका छन् । र ,राज्य एजेन्सीहरुलाई कानूनको आवश्यकता नभएसम्म ती आप्रवासीहरुलाई पैसा खर्च नगर्न भनेका छन्