
प्रेस चौतारी नेपाल अर्घाखाँचीमा नयाँ नेतृत्व चयन
१८ माघ,काठमाडौं । प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशनले नवीन केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सिद्धार्थ केसी, महिला उपाध्यक्षमा करिष्मा खनाल, सचिवमा नवीन रसाइली, सहसचिव लक्ष्मी खनाल, कमला परियार निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रकाश प्युठानी चुनिएका छन् ।
सदस्यहरूमा क्रमशः चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेशकुमार थापा, कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित भएका छन् । यसै गरी केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी, वसन्त श्रेष्ठ र वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिहरूमा माया पन्थ, माधव वेल्वासे र सविता आचार्य चुनिएका छन् ।