
प्रधानमन्त्री देउवाले आफ्नो नेता–कार्यकर्ताहरुलाई दिए यस्तो तयारीमा जुटन निर्देशन
फाइल फोटो
काठमाण्डौ १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो जेठ ५ गतेअघि नै स्थानीय तहको चुनाव सम्पन्न हुने बताएका छन । उनले आफ्नो पार्टी नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुलाई त्यसका लागी तयारीमा जुटन निर्देशन दिएका छन ।
नेपाली कांग्रेस वाग्मती प्रदेशका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते वा त्योभन्दा अघि नै एकै चरणमा स्थानीय तहको चुनाव गर्ने भन्दै तयारीमा लाग्न निर्देशन दिनुभएको भेटमा सहभागी नेता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
यसैबीच स्थानीय तहको चुनावबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रतिनिधिबीच छलफल हुँदैछ । उनले चुनावबारेमा छलफल गर्नका लागि आयोगका पदाधिकारीलाई आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन ।
गएको शनिवार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तहको चुनाव जेठभित्रै गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आउँदो जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि चुनाव गर्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।