🎄 Holiday Season Special
प्रधानमन्त्री कार्की र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच करिब दुई घण्टा लामो छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली बिहान ९ बजे प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ। यसअघि पनि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच पुस २४ गते भेटवार्ता भएको थियो।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.