![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
प्रधानमन्त्रीले बोलाए वैठक, मन्त्री हेरफेर गर्ने तयारी
काठमाडौं ८ असार । प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रीमण्डल हेरफेरको तयारीमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले मन्त्री हेरफेरको लागि बुधबार दिउँसो सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा सरकारमा सहभागी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ ।