
प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण
३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेका हुन।
आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगाय सहभागी थिए ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्न आग्रह गरे ।