
प्रतिनिधिसभा बैठक स्थगित, भोलि १ बजे बस्ने
काठमाडौं १२ फागुन । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा भोलि १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको थियो । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ ।