![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
पहिचानको मार्गमा रातो धमिराको रजाई
बिष्णु प्रसाद शर्मा,
भर्खरै पानी परेर रोकिए पछि उदय हुने घामका किरणले जसरी चम्किलो बातावरणको अनावरण गर्दछ । त्यसै गरि हिन्दू अनि बौध्द धर्मावलम्वीहरुको तीर्थ स्ल खोजरनाथ, कैलाश मानसरोवरले झलमल्ल बनाएको शिव परिवारको मुख्य निवास ,स्थान कैलाश पर्वत समुन्द्री सतहवाट ६,७१४ मिटर उचाइमा रहेको छ । वायुयानमा चढि दक्षिण दिशावाट अबलोकन गर्दा हिमालय पर्वतहरुको माझमा वरीपरि नहर जस्तो सोतो पारेर बीचमा उठेको कैलाश पर्वत स्वयम नै सेतो स्फटिक शिवलिङ्गको आकारमा देखिन्छ ।
दक्षिणतिर नै चट्टानहरु तह तह परी कैलाश पर्वतको शिर सम्म सिंढी सिंढी परेको देखिन्छ । जहाँबाट आरोहण गरी मर्यादा पुरुषोत्तम राम चन्द्र बैकुण्ठधाम र धर्मराज युधिष्ठिर स्वर्ग पुगेको तथा बौध्द मनिषि मिलारेपारे निर्वाण प्राप्त गरेको बताइन्छ । अहिले कैलाश पर्वत आरोहण गर्न अनुमति दिइदैन । पर्वतलाई परिक्रमा सम्म गर्न सकिन्छ । खस राम्राज्यको इतिहास पृ १७४,१७५ हाल नेपालमा बैरी फिरंगीहरुको बिगबिगी रहेको छ र सगरमाथामा समेत सहजरुपले पुग्ने ब्यवस्था दलीयताले गरेको हँुदा चीनले कडाइ गरेको छ ।
नेपाली भएर नेपालमा जन्म लिन पाउनु ठूलै त्याग र तपश्याले मात्रै पाइन्छ । यो बास्तबिकताको हामीले ख्याल गर्न नसक्नुलाई ठूलो भुल हो भनेर बुझनु जरुरी हुन्छ । कैलाश मानसरोवरबाट चार वटा ठूला नदीको उत्पत्ति भएको छ । ब्रहमपुत्र पूर्वतर्फ, कर्णाली दक्षिणतर्फ र सिन्धु र सतजल पश्चिमतर्फ बग्न सुरु गरेका छन । पूर्वमा टिष्टा र पश्चिममा सतजल सम्म नेपालको भू भाग थियो दक्षिणमा गंगा उत्तरमा हिमालय पर सम्मको भू भागलाई १९५० को सन्धिले खुम्च्याएको थियो । लिम्पियाधुरा कालापानी नेपालकै भू भाग हो र यही ठाउँमा छिमेकी देशहरुले किचोला गरिरहेका छन ।
जुन ठाउँबाट मानसरोवर धेरै नजिक पर्दछ । नेपालको माटोको पबित्रतालाई धुलिन बनाउन बैरी फिरंगीहरु हात धोएर लागी परेका थिए तर राजसंस्थाले बिफल गराउँदै आएको थियो । ०६३ पछि राजसंस्था र हिन्दु अधिराज्यलाई सिध्याउने काम उनीहरु कै योजना मुताबिक भयो यो कार्य नै नेपाल र नेपालीका लागी आत्मघाती साबित भयो । धातुका सर सामान नेपाली बजारमा बिक्रि हुन छाड्यो । गुनिउ चोली, सारी र धोती पछ्यौराहरु पहिरीन छाडियो भने नेपाली पोशाक दौरा सुरुवालको तेजोवध गरियो । यो नै पहिचानको मार्गमा रातो धमिराको रजाई भएको हो ।
ब्रहमाजीका मानसवाट सिर्जित मानसरोवरलाई मानिन्छ । भगवान बिष्णुले मत्स्यावतार यही सरोवरमा लिएको पौराणिक भनाई रहेको छ । शिवजीका जराबाट गंगाको निष्क्रमण सम्बन्धी उखान कर्णाली नदी संग मेल खान्छ । कर्णाली गंगा नदी प्रणालीको एउटा प्रमुख नदीका रुपमा प्रवाहित छ । नेपाललाई ऋषि महर्षिहरुले पबित्रता बनाएका हुन भनेर भनिन्छ ।