
परराष्ट्रमन्त्री खड्का एमसीसी बारे यसो भन्छन्
काठमाडौं २१ माघ । परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा एमसीसीलाई अघि बढाउने बताएका छन् । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा मन्त्री खड्काले सबैको सहमतिमा नै एमसीसीलाई अघि बढाउने बताएका हुन् ।
उनले एमसीसी गरिबी न्यूनीकरणको लागि अमेरिकाले दिएको एउटा पारियोजनामात्र रहेको बताए । एमसीसी परियोजना नेपालमा लागु भए नेपालमा विद्युत उत्पादन अत्याधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनले बताए । विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएको उनको भनाइ छ ।