

नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
१७ फागुन, काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन (नेशनल प्याब्सन) को ८औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ । अध्यक्षमा सुवास न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
यही फागुन १६ र १७ गते काठमाडौंमा सम्पन्न महाधिवेशनले न्यौपानेको अध्यक्षतामा आगामी ३ वर्षको कार्यकालको लागि ५२ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको हो।
निर्वाचन समितिका संयोजक सुमन कुमार केसीका अनुसार नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष सुवास न्यौपानेसहित पाँच जना वरिष्ठ उपाध्यक्षहरुमा जय बहादुर श्रेष्ठ , याम खड्का , श्याम सिंह मौनी , राम विनय चौरासिया र शम्भु कुमार अधिकारी रहेका छन् ।
त्यस्तै, सात जना उपाध्यक्षहरुमा विष्णु प्रसाद पराजुली , राजेन्द्र कुमार गुरुङ , राम बहादुर मोची , जय प्रकाश चौधरी , प्रकाश कुमार शर्मा र यासिवा रहमान र तेजराज खनाल रहेका छन् ।
नवनिर्वाचित महासचिवमा प्रकाश चन्द्र खड्का रहेका छन् । कोषाध्यक्षमा खडक् बहादुर बस्नेत र सहकोषाध्यक्षमा सुमन कुमार चौधरी र कल्पना काफ्ले (भुसाल ) रहेका छन् । यसैगरी , उपमहासचिव ३ जना , सचिव ९ जना र सदस्य २५ जना निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले व्यवस्थित, सुदृढ र मर्यादित संगठनका बनाउदै सदस्य विद्यालयहरुको हितमा नयाँ किसिमले लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।