
नेपाल सुशासन पार्टी प्रति जनताको आकर्षण बढिरहेको छः मिश्र
काठमाण्डौं ८ चैत्र । नेपाल सुशासन पार्टीका केन्द्रिय सदस्य उद्धव प्रसाद मिश्रले यति बेला सबै राजनीतिक दलहरु चुनाव केन्द्रित बनेको र आफनो पार्टी पनि चुनाव केन्द्रित बनेको बताएका छन ।
आफनो गृह जिल्ला नुवाकोटमा संगठन बिस्तार र चुनावी भेला सम्पन्न गरी अस्ति मात्र काठमाण्डौं फर्किएका मिश्र फेरि आज भोली नै गृह जिल्ला नुवाकोट जाने र संगठनलाई बलियो बनाउने बताए ।
उनले नेपाल सुशासन पार्टी प्रति जनताको आकर्षण बढिरहेको र आगामी निर्वाचनमा जनताले राम्रै मत दिने बिश्वास समेत ब्यक्त गरे । नुवाकोट जिल्लाको पार्टी अध्यक्ष समेत रहेका मिश्रले पार्टीको संगठन बिस्तार आफनै गृह जिल्लाबाट सुरु गर्नु पर्ने र आफू उभिने ठाउँ बलियो बनाउनु पर्ने बताए ।
उनले आफनो पार्टीको लक्ष्य भष्टाचार अन्त्य गरी देशमा सुशासन कायम गर्नु रहेको स्पस्ट पारे । उनले बिभिन्न पार्टीमा रहेका असन्तुष्ट इमानदार र नैतिकवान ब्यक्तिहरु आफनो पार्टीमा आउन आग्रह समेत गरे ।