
नेपाल सुशासन पार्टीको फरक विचार
भक्त बहादुर केसी,
नेपालमा राजनीतिक नेतृत्वमा दूरदृष्टिको अभाव र नेपालको वर्तमान राजनीतिक संकटको भ्रष्टाचार कुशासनले जरा गाडेकोले सामाजिक(आर्थिक बहिष्करणका परिणामहरू बुझ्न नसकिएको अबस्था छ ।
नेपालको वर्तमान अवस्थामा राजनीति र शासन व्यवस्थाले खेलेको भूमिकाले प्रगति र देश विकास सम्भव छैन । यसले शक्तिको दुरुपयोग, भ्रष्टाचार, सहरी विकासप्रतिको पूर्वाग्रह र विशेष गरी अल्पसंख्यक र पिछडिएका वर्गको शासन र मूलधारको राजनीतिमा सहभागिताबाट बन्चित गरिनु ऐतिहासिक बहिष्कारको परिणाम स्वरूप समस्याहरू रेखांकित गरेको देखिन्न ।
आर्थिक नीति, राजनीति र संस्थागत संरचनामा बृदी लाई दिगो बनाउन र विपन्न वर्गको सामूहिक आवाज र बार्गेनिङ पावर अभिवृद्धि गर्नका लागि बोल्ड सुधार गर्नुपर्ने हाम्रो तर्क छ । नेपाल सुशासन अभियानका क्रममा आवाज उठाए पनि ठाउँमा कुरा सुनिएन बिभिन्न कारणले गर्दा कुशासनको बिरुद्द लड्नु पर्ने हुदा नेपाल शुसासन पार्टी को आगमन भएको छ ।
राजस्व चुहावट रोक्न प्रशासन र प्रसासनिक खर्च प्रणालीमा वैज्ञानिक करणको आबश्यकता छ । बिकास निर्माण शिक्षा,स्वास्थ्य,कृषि,पूर्वधार र रोजगार महत्वपूर्ण सुधारहरुको लागि लाग्ने छौ र श्रीलंका को आर्थिक स्थिति ले नै हामीलाई झस्काएको छ रउच्च बिदेशी ऋण , आयात असन्तुलन र बिदेशी मुद्रा संकट सगै कोरोना पेन्डेमिक ले श्रीलंकामा मानबिय संकट आएको छ ।
नेपालका राजनीतिक पार्टीका नेता अब पनि सुध्रदैनन् भने तेही हालत यहाँ हुने निश्चित छ ।रास्ट्रिय ढुकुटी कमजोर हुन् दिन हुदैन भन्ने हाम्रो मन्यता हो । भक्त बहादुर केसी नेपाल सुशासन पार्टीको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।