नेपाल सहकारी संस्था  लिमिटेडले सम्पन्न गर्‍यो २९औं साधारणसभा

काठमाडौँ । बागबजारस्थित नेपाल सहकारी संस्था  लिमिटेडले आफ्नो २९औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवं विश्व हिन्दु परिषदका अध्यक्ष पुरुषोत्तम भण्डारीको प्रमुख आतिथ्य तथा संस्थाका  अध्यक्ष राकेशकुमार सिंहको सभापतित्वमा  शनिबार (१५ मंसिर ) सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ।

सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वासलात ,लेखा सुपरिवेक्षण प्रतिबेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरणका साथै आव २०८१/०८२ को सस्थाको नीति तथा कार्यक्रम सम्बन्ध, लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्थालाई अधिकार दिइनेलगायतका प्रस्तावहरु पनि  पारित गरेको छ ।

समीक्षा आर्थिक वर्षमा  संस्थाको शेयर पूँजी रु. ४ करोड ५३ लाख ६ हजार ९०० रुपैयाँको हुँदा निक्षेप २४ करोड ११ लाख २३ हजार ३७२ रुपैयाँ रहेको छ । त्यस्तै , कर्जा लगानी रु.  २३ करोड ३९ लाख ८६ हजार ६०६ रुपैयाँ  रहेको सो सहकारीले चालू आवमा ३५ करोड १९ लाख ७२ हजार ६७ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष सिंहले ऋण लगानी र कर्जा असुली नीतिलाई सुदृढ र प्रभावकारी बनाउँदै  संस्थाको आम्दानी वृद्धि र दिगो विकासमा ध्यान केन्द्रित गरेको बताएका थिए।

The post नेपाल सहकारी संस्था  लिमिटेडले सम्पन्न गर्‍यो २९औं साधारणसभा first appeared on Khabar Breaking.

  • Related Posts

    नेप्सेमा छायो स्थिरता

    २१ पुष , काठमाडौं । केहि दिन देखि धितोपत्र बजार (नेप्से ) मा  स्थिरता कायम भएको छ। आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको…

    Read more

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    काठमाडौं । धुम्बाराहीस्थित गोरेटो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यही पुष १३ गते शनिबार सम्पन्न भएको संस्थाको साधारणसभाले कृष्ण बहादुर केसीको अध्यक्षतामा नयाँ संचालक समितिले…

    Read more

    Leave a Reply

    You Missed

    नेप्सेमा छायो स्थिरता

    • By
    • January 5, 2025
    • 1 views

    गोरेटो बहुउद्देश्यीय सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न; कृष्ण ब. केसीको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

    • By
    • January 5, 2025
    • 1 views

    नेपाल राष्ट्रिय व्यवसायी महासंघमा मनोजबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • January 5, 2025
    • 7 views

    मकर जितुमाया सुरी हाइड्रोपावरको १६औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन सर्वसम्मतले पारित

    • By
    • January 5, 2025
    • 7 views

    काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने

    • By
    • January 5, 2025
    • 7 views

    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड

    • By
    • January 5, 2025
    • 7 views
    नवौँ निर्यात दिवस- २०८१: निर्यात प्रवर्द्धनमा सरकार सहजीकरणमा जोड