
नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी
३० चैत्र काठमाडौं। नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी हुनु भएको छ। शुक्रबार संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी हुनुभएको हो। उहांको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ ।
प्रथम उपाध्यक्षमा नरेश गेलाल समूहका सुजित श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गुरुङ समूहका देवकुमार खोखाली विजयी हुनुभएको छ भने तृतीय उपाध्यक्षमा गेलाल समूहका बैकुण्ठ वैभव विजयी हुनुभएको छ।
यस्तै, महासचिवमा गुरुङ समूह कै महेश कुमार बस्नेत विजयी हुनु भएको छ। सचिवमा गुरुङ समूहका कुन्छ दोर्दे दिङडोङ र कोषाध्यक्षमा गेलाल समूहकी धनमाया सिन्जाली मगर विजयी हुनु भएको छ ।