नेपाल निर्यात परिषदको अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित

0
30

 

२३ पुष, काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा डा रामशरण थपलिया निर्वाचित भएका छन्। मंगलबार सम्पन्न परिषदको २८औँ वार्षिक साधारण सभाले डा थपलियाको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। परिषदको निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ हुन्।

नयाँ कार्यसमितिअनुसार परिषदको प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल चयन भएका छन्। महासचिवमा वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ तथा सह–कोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी, प्रविन मान श्रेष्ठ, अमिर बगाले, रामकुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here