नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर
१७ मंसिर, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विवरणअनुसार, वर्तमान महानिर्देशक अधिकारी तथा पूर्व निर्देशक मुरारी भण्डारीसहितका व्यक्तिहरूले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो। कुल ७ जनालाई प्रतिवादी बनाइएको उक्त मुद्दा अब विशेष अदालतमा प्रक्रियागत सुनुवाइतर्फ अघि बढ्नेछ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
