नेपाली नागरिक समाजका संयोजक कृष्ण बहादुर खड्काले दिए यस्तो सुझाव
२३ मंसिर, काठमाडौँ । अखाद्य वस्तु र विषादीयुक्त खाद्य पदार्थले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको उल्लेख गर्दै वरिष्ठ राजनीतिज्ञ तथा नेपाली नागरिक समाजका संयोजक कृष्ण बहादुर खड्काले उपभोक्तालाई क्यान्सरसहित विभिन्न घातक रोगबाट बचाउन सतर्क रहन आग्रह गरेका छन्।
खड्काले बजारमा खुलेआम रूपमा बिक्री वितरण हुने विषादीयुक्त फलफूल, तरकारी तथा प्रशोधित खाद्यबस्तु उपभोग गर्दा दीर्घकालीन स्वास्थ्य जोखिम बढ्ने भएकाले प्रत्येक नागरिकले खानेकुराको गुणस्तरबारे सावधान हुनुपर्ने टिप्पणी गरेका हुन्।
उनले उपभोक्तामात्र नभई उत्पादनदेखि बजारसम्मका सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउँदै, पहिलो चरणमा स्वास्थ्यप्रति सचेतता र सुरक्षित उपभोग गर्ने बानी बसाल्न सुझाव दिएका छन्।
खड्काले सरकार, नियमनकारी निकाय र स्थानीय तहले बजार अनुगमन कडा गरी उपभोक्ताको जीवन रक्षा गर्न पहल गर्नुपर्ने समेत जोड दिए।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.