
नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो
काठमाडौं, २ साउन । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४६ सय ५१ जनाको परीक्षणमा ३८६ पीसीआर र ७१ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज ४८ जना कोरोनामुक्त भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ। देशभर सक्रिय संक्रमितको संख्या १७ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।