नेपालको लागि टीपीएसको अवधि १५ महिना स्वत थप

U.S. Citizenship and Immigration Services logo AMERICA KHABAR September 20, 2021
USCIS

नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि स्वत थप गरिएको छ । नेपालसहित होण्डुरस, एल साल्भाडोर, निकारागुवा र सुडानको टीपीएसको अवधि पनि १५ महिना थप गरिएको छ । युएससीआईएसले यसबारे भोलि फेडरल रजिष्टरमा औपचारिक रुपमा सुचना प्रकाशित गर्ने भएको छ । फेडरल रजिष्टरमा प्रकाशित हुने सुचनाको पूर्ण पाठ यहाँ पढ्नुहोला । 

नेपालीका टीपीएसको कागजातको अवधि अक्टोबर ४ सम्म कायम रहेकोमा अब स्वत सन् २०२२ को डिसेम्बर ३१ सम्म थपिनेछ, टीपीएसवाहकले त्यसका लागि कुनै कदम चाल्न वा शुल्क तिर्न आवश्यक पर्नेछैन ।

वर्क परमिट, टीपीएस नोटिस अफ एक्सन आई ७९७ र आई ९४ को अवधि स्वत थपिएको छ । रोजगार दातालाई फेडरल रजिस्टरमा प्रकाशित सुचना देखाएर वर्क परमिटको म्याद थपिएको जानकारी गराउन सकिनेछ ।

टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

https%3A%2F%2Fspecials images.forbesimg.com%2Fimageserve%2F1132026265%2FIllustration of USA AMERICA KHABAR September 20, 2021
forbes

कागजातको म्याद थपसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने भएका छन् । सन् २०१६ को अक्टोबर २६ देखि डिसेम्बर २७ सम्म र सन् २०१८ को मे २२ देखि जुलाई २३ सम्म सरकारले नेपाली टीपीएसवाहकका लागि रि रजिस्ट्रेशन खुलाएको थियो ।

यी मध्ये कुनै पनि अवधिमा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने जनाइएको छ । तर त्यसका लागि पहिलो पटक सन् २०१५ मा भने भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

नयाँ वर्क परमिट पाउन आवेदन दिनुपर्छ?

तपाईले स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु नपर्ने युएससीआईएसले जनाएको छ । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा २०२२ को डिसेम्बर ३१ सम्म प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले २०२२ को डिसेम्बर ३१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ । तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।

यदि तपाईले नयाँ म्याद सहितको वर्क परमिट चाहनुहुन्न भने तपाईले आई ७६५ फर्म भर्न र शुल्क तिर्न आवश्यक छैन । तपाईले भविश्यमा कुनै पनि बेला नयाँ वर्क परमिट चाहनुहुन्छ भने त्यतीबेला पनि शुल्क तिरेर फर्म आई ७६५ भरेर आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाई टीपीएस पेन्डिंग अवस्थामा रहेको वा तपाई टीपीएसमा रहेको हुनुपर्छ ।

यदि तपाईले २०२२ को डिसेम्बर ३१ सम्म म्याद भएकै वर्क परमिट चाहनुहुन्छ भने तपाईले तपाईसँग अहिले भएको वर्क परमिटको म्याद नसकिदै वा सकिएपछि जहिले पनि आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईले वर्क परमिटका लागि आवेदन दिंदा बायोमेट्रिक शुल्क र आवेदन शुल्क वा दुईमध्ये एक तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ भने तपाईले शुल्क मिनाहाका लागि फर्म आई ९१२ भरेर आवेदन दिन सक्नुहुनेछ ।

यदि तपाईको वर्क परमिट आवेदन पेन्डिंग अवस्थामा छ भने तपाईले स्वत नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नुहुनेछ, नयाँ आवेदन दिन आवश्यक हुनेछैन । पुरानै वर्क परमिटले काम गर्ने भएपनि सरकारका कतिपय निकायमा बुझाउन असहज हुनसक्ने, सधै फेडरल रजिस्टरमा प्रकाशित सुचना बोकेर हिड्न असहज हुने, ड्राइभर लाइसेन्स वा स्टेट आईडीको म्याद थप्ने क्रममा झन्झट हुनसक्ने, रोजगारदातालाई बुझाउन झन्झट हुनसक्ने वा रोजगारदाताले अनलाइनमा चेक गर्ने झन्झटका कारण काममा नै नराख्ने जस्ता समस्या आउनसक्ने भएकाले नयाँ म्याद सहितको वर्क परमिटका लागि आवेदन दिन कानुन व्यवसायीहरुको सुझाव छ ।

न्यूज खसोखास खबर अनलाइन न्यूज बाट सवार गरिएको हो

अमेरिका खबर इडिटरियल

America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

Related Posts

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

Read more

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

Read more

Leave a Reply

You Missed

५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

  • By
  • December 22, 2024
  • 8 views

छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

  • By
  • December 22, 2024
  • 8 views

आज सुनचाँदीको मूल्य बढ्यो

  • By
  • December 22, 2024
  • 8 views

एमालेले बोलायो सचिवालय बैठक

  • By
  • December 22, 2024
  • 7 views

नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

  • By
  • December 21, 2024
  • 11 views
नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

  • By
  • December 20, 2024
  • 15 views