
नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाफः चर्चित युवा नेता रिजाल
काठमाडौं ९ बैशाख । नेकपा एमालेका चर्चित युवा नेता राम प्रसाद रिजालले आगामी निर्वाचन पछि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन । आज खबरब्रेकिंग संग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन ।
उनले नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जसपा नेपाल लगायतका दलहरु एमाले संग एक्ला एक्लै चुनाव लडन नसकेरै गठबन्धन गरेको आरोप लगाए । उनले आज एमालेको घोषणापत्र सार्वजनिक भइसकेको र अब घोषणापत्र लिएर एमाले जनतामा जाने बताए । पूर्व राजदूत देखि बिभिन्न पार्टीका नेताहरु आज पनि एमाले प्रबेश गरेका छन र अब एमाले देशकै ठूलो शक्ति बन्ने उनले बताए ।
देश भरी एमालेको जनलहर देखेर सत्ता गठबन्धनका नेताहरु अतालिएको उनको भनाई छ । नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाप हुने निश्चित भएको उनले बताए । देश र जनताको भाग्य र भबिश्य निर्माण गर्न एमाले बाहेक अरु दलले गर्न नसक्ने र चुनावमा एमालेलाई बहुमत दिनु पर्ने रिजालले बताए ।