निर्वाचनपछि देश समृद्धिको मार्गमा अघि बढ्छ : प्रचण्ड
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र (क) बाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए ।
संयोजक दाहालले यो निर्वाचन देशको समृद्धितर्फको यात्रा निर्धारण गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सबै नागरिकलाई उत्साहका साथ मतदानमा सहभागी हुन आग्रह गरे ।
उनले मतदाताको विवेकपूर्ण निर्णयले देशको भावी दिशा तय गर्ने भन्दै जनताको विश्वास र अपेक्षाअनुसार नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.