![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![निम्नमाध्यमिक तहको लाइसेन्स आवेदन खुला FB IMG 1653266712214 84ATWW](https://americakhabar.com/wp-content/uploads/2022/05/FB_IMG_1653266712214-84ATWW.jpeg)
निम्नमाध्यमिक तहको लाइसेन्स आवेदन खुला
निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्रको आवेदन खुला भएको छ। शिक्षक सेवा आयोगले हिजो आवेदन खोलेको हो ।
आयोगको सूचना अनुसार २०७९/०२/०९ बाटै अनलाइन फाराम भर्न सकिने छ। २०७९/०३/०४ गतेसम्म सिंगल दस्तुरमा र असार १४ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको छ । परीक्षा मिति २०७९/०४/२८ गते बिहान ८ बजे रहेको छ।
त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइन बाटै भर्ने ब्यवस्था गरेको छ।