
निगमले घटायो पेट्रोल र डिजेलको मूल्य
२ वैशाख ,काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ तय भएकाे छ ।