निकोलस भुसालले थाले आमरण अनसन, मागे प्रधानमन्त्रीको राजीनामा
९ पुस, काठमाडौँ । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि राजधानीको माइतीघरमा अनसन थालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै भुसालले आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाउँदै जेनजी समूहले आन्दोलन गरिरहेका बेला भुसालले आमरण अनसन थालेका हुन् ।
मिराज ढुंगानाको नेतृत्वमा चलिरहेको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित प्रदर्शन गर्दै आएको छ । उक्त आन्दोलनमा अनसन अघि पनि भुसाल सक्रिय रूपमा सहभागी हुँदै आएका थिए ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.